राष्ट्र सेवक कर्मचारी सहकारीको छैठाैँ वार्षिक साधारण सभा सम्पन्न,

राष्ट्र सेवक कर्मचारी सहकारी संस्था लिमिटेडको छैठाैँ वार्षिक साधारण सभा शनिबार रामेछाप नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको अध्यक्षता संस्थाका अध्यक्ष घना श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रममा शान्तादेवी ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो। साधारण सभामा संस्थाका सचिव दिपक कुमार श्रेष्ठले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नारायण कुमार कार्कीले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिकी सदस्य सावित्रा कार्कीले लेखा सुपरिवेक्षण प्रतिवेदन तथा शिक्षा उपसमितिकी सदस्य निरु थापाले शिक्षा समितिको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।
साधारण सभाका अवसरमा नियमित बचत गर्ने असल बचतकर्ता, असल ऋणी तथा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सेयर खरिद गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा नारायण सुवेदी, पूजा दाहाल, मञ्जु मगर र सार्की कसाई रहेका छन्।
त्यसैगरी, संस्थाको काममा उल्लेखनीय योगदान पुर्याएको भन्दै सञ्चालक समितिका कोषाध्यक्ष नारायणकुमार कार्की, सञ्चालक समिति सदस्य बिन्दा मगर तथा ऋण उपसमितिकी सदस्य बिन्दा मगरलाई प्रमाणपत्र र झर्कासहितको थाली प्रदान गरी सम्मान गरिएको थियो।

प्रमुख अतिथि हरिकृष्ण बुढाथोकीले सहकारीको महत्त्व, उद्देश्य तथा संस्थागत विकासका विषयमा धारणा राख्दै सहकारीलाई आगामी दिनमा अझ व्यवस्थित, प्रभावकारी र प्रगतिशील बनाउँदै लैजान आग्रह गर्नुभयो। उहाँले विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा सबैलाई शुभकामना पनि व्यक्त गर्नुभयो।

अध्यक्ष श्रेष्ठले विजयादशमी, शुभदीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै सभाको समापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य बिन्दा मगरले गर्नुभएको थियो।
![]()







