उच्च पदस्थको नाम लिएर रकम असुलेको आरोपमा कांग्रेस नेता चौलागाईं पक्राउ,

२०८३ आश्विन २ गते, शुक्रबार

‎रामेछाप ।
‎ नेपाली कांग्रेस रामेछाप जिल्लाका नेता भरत चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई हिजो  (बिहीबार) साँझ रामेछापको मन्थलीबाट नियन्त्रणमा लिइएको हो।

‎नेपाली कांग्रेसको संस्थापन पक्षमा रहेका चौलागाईं पार्टीको १५ औँ महाधिवेशन तयारीसम्बन्धी बैठकमा सहभागी हुन मन्थली पुगेका बेला पक्राउ परेका हुन्। उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार चौलागाईंमाथि उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग गरी रकम असुल गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
‎
सीआईबीले रकम असुलीका लागि भएको भनिएको कुराकानीको अडियोसमेत फेला पारेको जनाएको छ। पक्राउ परेका चौलागाईंलाई थप अनुसन्धानका लागि काठमाडौं लगिने बताइएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon