नेपाली समाज युएईले ३० सदस्य सल्लाहकार समिति बनाएको छ

२०७९ फाल्गुन १४ गते, आईतवार

नेपाली समाज युएईले ३० सदस्य सल्लाहकार समिति बनाएको छ |२५ फेब्रुवरी २०२३ शनिबारका दिन दुबईस्थित विशालाक्षी नेपाली रेष्टुरेण्टमा सन् १९९० मा स्थापना भएको नेपाली समाज युएईले १५औं केन्द्रिय कार्यसमितिको तेश्रो पूर्ण बैठकको निर्णय तथा बिधानको दफा ५.५ बमोजिम सल्लाहकार समितिलाई पूर्णता दिएको हो |

समाजका अग्रज र युएईका  बुद्धिजीवीहरुलाई समेटेर अध्यक्ष बेदप्रसाद अर्यालको अध्यक्षता र निवर्तमान अध्यक्ष गोविन्द ढकालको प्रमुख आतिथ्यतामा भएको बैठकले  २०२३/२०२५ कार्यकालका लागि ३० सदस्यीय सल्लाहकार समितिलाई नियुक्ती पत्र प्रदान गरेको छ ।

प्रमुख सल्लाहकारमा गोविन्द ढकाल बनाएको बैठकले चन्द्रप्रसाद सापकोटा, कृष्णबहादुर ढकाल, शारदाप्रसाद भट्टराई, मुक्ति राई, मोहन शर्मा, प्रा.डा.शषिधर बेलबासे, डा.आशिफ अलि शिद्दिकी, ठाकुरप्रसाद ढुंगाना, मनोज गोर्खाली, बाबुराम विश्वकर्मा, भुवानीप्रसाद तिमिल्सिना, टक गुरुङ, शषि सिलवाल, ऐकेन्द्रबहादुर थापा, निमेश गिरि, मेघराज सापकोटा, विजया लक्ष्मी राई, पासाङ रिन्जी शेर्पा, लक्ष्मण खनाल, महेश मोक्तान, नौमान सिद्दिकी, तोयनाथ लम्साल, नारायणप्रसाद अधिकारी, राजेन्द्र अधिकारी, मणिप्रसाद भुर्तेल, लालबहादुर ढेंगा, हिरालाल श्रेष्ठ, गणेश न्यौपाने र चन्द्रकला साम्पाङ राईलाई सल्लाकार बनाएको छ |

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon