जडिबुटी दुर्घटनामा दोलखा कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु

२०८३ आश्विन २ गते, शुक्रबार

भक्तपुर ।

काठमाडौंको जडिबुटी चोकमा भएको सवारी दुर्घटनामा दोलखा कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ।

आज (शुक्रबार) दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको कार्की सवार मोटरसाइकललाई जडिबुटी चोकमा सोही दिशाबाट आएको ट्याङ्करले ठक्कर दिएको थियो। ट्याङ्करको ठक्करपछि किचिएकी कार्कीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक उनका श्रीमान् देवराज कँडेल घाइते भएका छन्। कँडेल काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का बासिन्दा हुन्।

अन्दाजी ३५ वर्षीया कार्की दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीमा जन्मिएकी थिइन्। नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा सक्रिय भएकी उनी नेपाली कांग्रेस दोलखाको महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारीमा थिइन्।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon