संविधान दिवसकाे अवसरमा रामेछाप नगरपालिकाले १५ जना बिरामीहरलाई  बाँड्यो फलफूल,

२०८३ आश्विन ३ गते, शनिबार

रामेछाप ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा रामेछाप नगरपालिकाले अस्पतालमा उपचाररत बिरामीसँग खुसी साट्दै फलफूल वितरण गरेको छ।

नगरपालिकाले आज रामेछाप अस्पतालमा उपचार गराइरहेका तथा उपचारका लागि पुगेका १५ जना बिरामीलाई फलफूल वितरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हाे

फलफूल वितरण कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, वडा नं. ८ का वडाध्यक्ष सन्तोष कुमार तामाङ, रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शम्भु कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका तर्फबाट रविन्द्र कुमार श्रेष्ठलगायत नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नगर प्रमुख न्यौपानेले बिरामीहरूको स्वास्थ्यलाभको कामना गर्दै स्थानीय सरकार नागरिकको सुख–दुःख र स्वास्थ्यसँग प्रत्यक्ष जोडिनुपर्ने बताउनुभयो। उहाँले संविधान दिवसलाई नागरिकमैत्री र सेवामूलक गतिविधिसँग जोड्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।

नगरपालिकाको यस पहलले राष्ट्रिय दिवसलाई औपचारिक कार्यक्रमभन्दा बाहिर निकाल्दै मानवीय सेवा र सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयासका रूपमा सन्देश दिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon