हजुरको माया ❤️ र मेरो मुस्कान 😀
लेखक : निरु थापा ( दृष्टिकोण अनलाइन डट कम) रामेछाप न. पा. ७ रामेछाप
हामीले एकअर्कालाई मनदेखि रोजेका छौँ,
समयले छुटाउन खोजे पनि झन् नजिक भएका छौँ। ❤️
सम्बन्धलाई नाम दिनु नै सबै कुरा होइन रहेछ,
नामभन्दा पहिले नै हृदयमा एकअर्काका भएका छौँ।
यो पुरानो घरको छानोमुनि उभिँदा लाग्छ,
हाम्रो माया पनि वर्षौँ पुरानो घरजस्तै बलियो छ।
घरको भित्तामा समयका दागहरू देखिएझैँ,
हाम्रो अनुहारमा पनि एकदिन उमेरका रेखा देखिएलान्,
तर मायाको जग कहिल्यै कमजोर नहोस् ।
यही एउटा चाहना लिएर सँगै हिँडेका छौँ। ❤️
हेर्नुस् त, यो तस्बिरमा हामी दुवै मुस्कुराएका छौँ,
सायद हाम्रो खुसी देखेर केही मनहरू दुखेका छन्।
कसैलाई हाम्रो हाँसो मन नपर्ला,
कसैलाई हाम्रो साथ देखेर ईर्ष्या लाग्ला,
तर अरूको रिसले के फरक पार्छ र?
हामीले त एकअर्काको आँखामा
आफ्नो खुसी भेटेका छौँ।
हामीले कसैको खुसी खोसेका छैनौँ,
कसैको संसार भत्काएका छैनौँ,
बस्, एकअर्काको हात समातेर
आफ्नै सानो संसार बनाउन खोजेका छौँ।
दुःख आए सँगै रोऔँला,
सुख आए सँगै हाँसौँला,
बाटो जति कठिन भए पनि
एकअर्काको हात कहिल्यै नछोडौँला। ❤️
भोलि उमेरले हाम्रो अनुहार बदलिदिए पनि,
आजको यो मुस्कान मुटुभित्र जोगाइराखौँला।
समयले धेरै कुरा खोसेर लगे पनि
हाम्रो साथ खोस्न नसकोस् ।
किनकि हामीलाई संसारले होइन,
हामीले एकअर्काले रोजेका हौँ। ❤️
अरूले जे भने पनि,
हाम्रो प्रेमको कथा हामी आफैँ लेख्नेछौँ,
यो जुनीभर मात्र होइन,
जति सास बाँकी छ, उति नै एकअर्काको भएर बाँच्नेछौँ







