दोलखामा जेसिभी दुर्घटना : रामेछापका युवकको घटनास्थलमै मृत्यु,
२०८२ चैत्र २९ गते, आईतवार
दोलखा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सिंगटी बजार नजिकै जेसिभी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। शनिबार राति भएको दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–१२, गेलु घर भएका ३० वर्षीय सुदम पौडेल खत्री रहेका छन्। उनी बिन्दबासिनी निर्माण सेवाको जेसिभी चालकका रूपमा कार्यरत थिए।
प्राप्त जानकारी अनुसार बागमती प्रदेश ०१–००४ क ५४४० नम्बरको जेसिभी सिंगटी बजारबाट बञ्चरेतर्फ जाँदै गर्दा कालिनाग माध्यमिक विद्यालय नजिकै सडकबाट तल खसेर दुर्घटना भएको थियोे ।







