दुबईमा १२ मार्चमा होली उत्सब साँगितिक धमाका-२०२३ को आयोजना हुने
युएई । नेपाली चलचित्र, सांगीतिक क्षेत्रका हस्तीहरुको उपस्थितिमा दुबईमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । आगामी १२ मार्चमा हुन लागेको होली उत्सब साँगितिक धमाका-२०२३ को उक्त साँस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरू नायिका नम्रता सापकोटा , गायक तथा संगीतकार टंक बुडाथोकी , गायिका मेलिना राई र मोडल समीक्षा पोखरेलको बेजोड प्रस्तुति हुने भएको हो ।
नेपाली आधुनिक गायनमा गरिरहेका राज गरेका नायिका गायक तथा मोडल एउटै मञ्चमा देख्न पाइने खबरले युएईका नेपालीहरु हर्षित छन् ।
होलिको अबसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रम अन्तरार्ष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युएईको आयोजनामा हुन गईरहेको सांगीतिक कार्याक्रमलाई युएईका एक दर्जन बडी व्यावसायिले प्रयोजन गरेका छन् |
नेपाली सांगीतिक तथा चलचित्र क्षेत्रका लोकप्रिय कलाकारहरुलाई यहाँका नेपालीहरु समक्ष प्रस्तुत गरी नेपाली कला तथा संगीतका पारखीहरुलाई महान पर्ब होलीको सुभकामना आदानप्रदान तथा मनोरञ्जन प्रदान गर्न पाउँदा खुसी लागेको आयोजक सस्थाका महासचिव हरि मोक्तानले प्रतिक्रिया दिएका छन् । उनले नेपाली मौलिकतालाई विदेशमा समेत प्रवर्धन गर्नको लागि सो कार्यक्रमको आयोजना गरिएको बताएका छन ।
अस्ट्रोलिया होटल बरदुबईमा हुने कार्यक्रमलाई भव्य र सभ्य बनाउन आयोजकले युएईमा क्रियाशील सामाजिक संघसंस्थाहरुसँग सहयोगको अपिल गरेको छ । यस अभियानमा गैर आवासीय नेपाली संघ युएई, नेपाली समाज युएई,लगायत सामाजिक राजनीतिक अन्य संघसंस्थाहरुले पनि सहयोग गर्ने प्रतिबद्ता जनाएकोले होली उत्सब साँगितिक धमाका-२०२३ सफलतापूर्वक सम्पन्न हुनेमा आयोजक बीस्वस्थ रहेको मोक्तानले बताए |







