हरियालीबीच उभिएको जीवन,

२०८३ भाद्र २५ गते, बिहीबार
लेखक: निरु थापा (दृष्टिकोण अनलाइन डट कम ) रामेछाप न.पा.७ रामेछाप 

‎हरियालीले बाटो छेकेको छ,
‎छायाले थाकेको मन छोएको छ,
‎ढुंगाका ती सिँढीहरूजस्तै
जीवन पनि उकाली–ओराली भएको छ।

‎वरिपरि फूलझैँ मुस्कुराएका रूखहरू,
‎पातसँगै हावाको मधुर संवाद,
‎शान्त आँगन, न्यानो घाम
‎तर मनभित्र कताकता

अझै बाँकी छन् केही अधुरा सवाल।
‎यी सिँढीहरूले जस्तै
‎कति पाइला चढेँ, कति पाइला झरेँ,
‎कहिले आँसु लुकाएँ।

‎आफ्नै पीडासँग लडेँ।
आज यहाँ उभिँदा लाग्छ।
‎प्रकृति जति सुन्दर छ,
जीवन त्यति नै गहिरो रहेछ।

‎पात झरेर पनि रूख बाँचिरहेझैँ,
‎घाउ बोकेर पनि
‎मान्छे हाँस्न सिक्दोरहेछ।
यो शान्त वातावरणले भन्छ
‎समय सधैँ एउटै रहँदैन
‎बादल हटेपछि घाम अवश्य लाग्छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon