आज बुबाको मुख हेर्ने दिन,

२०८३ भाद्र २६ गते, शुक्रबार

लेखक : निरु थापा (दृष्टिकोण अनलाइन डट कम ) रा न. पा.७

तर म हजुरहरुको छेउमा आएर हजुरहरुको मुहार हेर्न सकिनँ बुबा। ❤️मनभरि हजुरहरुको मुहार, माया र सम्झना बोकेर टाढैबाट हजुरहरुलाई सम्झिरहेकी छु।

‎यो वर्ष म आउन पाइनँ बुबा,
‎मलाई माफ गर्नुहोला। 🙏
‎हजुरहरुको हात समाएर
‎फेरि बाल्यकालका ती दिनहरूमा फर्किन मन थियो,
‎हजुरहरुको काखमा बसेर केही बेर
फेरि त्यही सानी छोरी बन्न मन थियो।
‎“बुबा” भन्दै हजुरहरुसँगै लुटपुटिन मन थियो।

‎तर समय र परिस्थितिले
‎आज मलाई हजुरहरुबाट केही टाढा बनाएको छ।
‎त्यसैले यो वर्ष हजुरहरुको तस्बिरमै मुहार हेरेर,
मनमनै आफूलाई सम्झाएकी छु ।
‎दूरीले माया र सम्झनालाई कहिल्यै टाढा बनाउन सक्दैन।

अर्को वर्ष हजुरहरुको छेउमा बसेर
‎हजुरहरुको मुहार हेर्नेछु भन्ने आशा र बाचा छ।
‎सँगै हुन नसके पनि बुबा,
‎हजुरहरुको आशीर्वाद सधैं मेरो साथमा छ,
‎त्यही आशीर्वाद मेरो सबैभन्दा ठूलो शक्ति हो।

‎यो वर्ष आउन पाइनँ बुबा,
‎तर मेरो माया, सम्मान र सम्झना ‎हजुरहरु भन्दा कहिल्यै टाढा छैन। ❤️

‎बुबाको मुख हेर्ने दिनको
‎हृदयदेखि नै धेरै–धेरै शुभकामना बुबा।
‎हजुरहरु सधैं स्वस्थ, सुखी, खुसी र दीर्घायु रहनुहोस्। 🙏❤️

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon