सत्ता गठबन्धनमा कुरा मिलेन, जनमतकी ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय
२०७९ फाल्गुन २७ गते, शनिबार
काठमाडौं । सत्तारुढ गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले जनमतलाई उपराष्ट्रपति दिएको हो ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले भने पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र आफूहरुले ममतालाई उम्मेदवार बनाउने बताए । तर अन्तिममा सत्ता गठबन्धनको एउटैमात्र उम्मेदवार खडा हुने उनको दावी छ ।







