अनेरास्ववियुले महेन्द्र मोरङमा लगाएको ताला खोल्यो

२०७९ चैत्र ४ गते, शनिबार

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले लगाएको तालाबन्दी खुलेको छ ।अनेरास्ववियुले राखेको ५ बुँदे माग सम्बोधन गर्न प्रशासन तयार भएपछि ताला खोलेको सभापतिका उमेदवार नवीन पहाडीले बताए ।

क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गैर जिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको भन्दै आज बिहान अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।

अनेरास्ववियुले मतदाता नामावलीको नाम छानबिन गर्नुपर्ने, क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई अनेरास्ववियुमा नलाग्न धाकधम्की दिएकाले त्यसको छानबिन हुनुपर्ने, न्यूनतम शूल्कमा फर्जी विद्यार्थीहरुलाई भर्ना गराइ क्याम्पस प्रशासन स्वयम् नेविसंघको पक्षमा उभिएकाले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राखेको थियो ।

यस्तै आम सहमतिको आधारमा निर्वाचनको वातावरण बनाउनुपर्ने तथा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने अनेरास्ववियुले माग राखेको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon