पत्रकार महिलाको लागि समाचार लेखन सीप विकास तालिम
क्रियाशील पत्रकार महिला (WWJ) रामेछाप जिल्लामा त्रियाशील पत्रकार महिलाको लागि (बुधबार) एक दिने समाचार लेखन सीप विकास तालिम प्रदान गरेको छ ।
मन्थली नगरपालिकाको सहयोगमा जिल्लाका २१ जना पत्रकार महिलाको लागि तालिम प्रदान गरिएको हो ।
जिल्लका विभिन्न मिडियामा कार्यरत पत्रकार महिलाको लागि समाचार लेखन सीपमा अभिबृद्धी गर्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको हो ।
तालिम कार्यक्रममा उत्घाटन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले पत्रकारीतामा निखार ल्याउनका लागि तालिम कार्यक्रमले सहयोग पुग्ने धारणा व्यक्त गरे । त्यसैगरी पत्रकार आफै पनि नयाँकुराको खोजि गर्न र नयाँकुरा सिक्न जागरुक हुनुपर्ने बताउनु भयो ।
त्यसैगरी तालिम कार्यक्रम समापनमा बोल्दै मन्थली नगरपालिका उपप्रमुख इश्वरी बस्नेतले पत्रकार महिलाहरुको पेशागत क्षमता अभिबृद्धीका नगर सधै सबैखाले सहयोग प्रतिबद्ध रहेको बताउनु भयो
त्यसैगरी तालिमा सहभागि सीता कार्कीले तालिमले समाचार संकलन गर्न ,समाचार लेखन र समाचार सम्पादन गर्न सहयोग पुगेको बताइन । उनले यस अघि समाचार लेखन तथा संकलनमा समेत विभिन्न किसिमको समस्या भोगेको सुनाइन । समाचारको विषय पहिचान गर्न नसकेर समेत सामाचार नलेखेको अनूभव सुनाइन ।
त्यस्तै तालिमको अर्काे सहभागि शर्मीला विशुन्केले पत्रकारीता सिक्दै गरेको नयाँ पत्रकारका लागि तालिम प्रयाप्त नभएको बताइन् । उनले नयाँ पत्रकारका लागि लामो अवधिको तालिमको आवस्यक पर्ने बताएकी हुन् ।







