रामेछापकाे वाड नं सातले एकै दिन गर्याे नाैँवटा शिर्षकमा कार्यक्रम,

२०८१ असार १५ गते, शनिबार

रामेछाप

रामेछाप नगरपालिका वडा नं ७ सुकाजाेरकाे वडा कार्यलयमा स्वच्छ सुकाजाेर बालसंजालकाे आयोजना बालमैत्रि स्थानीय शासन वडा समिति तथा वडा बाल अधिकार समितिकाे समन्वय,रामेछाप नगरपालिका वडा नं ७ सुकाजाेरकाे सहजीकरणमा “बालबालिकामा गरेको लगानी ल्याउछ सुनाैलाे बिहानी” भन्ने मुल नाराकाे साथ स्वच्छ सुकाजाेर बालसंजालका अध्यक्ष ललित कुमार माेक्तानकाे अध्यक्षतामा आज (शनिबार) विभिन्न शिर्षकमा कार्यक्रम भएको थियो

कार्यक्रममा परिचयट वितरण / टि – सिर्ट हस्तान्तरण,बालबालिकासँग वडा अध्यक्ष अन्तरक्रिया कार्यक्रम,हाजिरी जवाफ प्रतियोगिता,वडा नं ७ भरिका विद्यालयहरुलाई टिफिन बकस वितरण,खेलाडी सम्मान,छात्रवृत्ति वितरण,विपन्न बालबालिका सहयोग,डस्विन हस्तान्तरण,सम्मान कार्यक्रम भएको थियोे ।

हाजिरी जवाफमा पटनादेवी मा वि भालुखाेप,स्वच्छ सुकाजाेर संजाल,सिद्धेश्वरी आवि मुगान,कालिका आ वि विर्ता,महाकाली आ वि मुडाजाेर,भाग लिएका थिए । महाकाली आ वि १३ अंक प्राप्त गरि पहिलो भएको छ सुकाजाेर बाल संजाल ६ अंक प्राप्त गरि दाेस्राे र पटनादेवी मा वि ४ अंक प्राप्त गरि तेस्रो स्थान हासिल गरेको छन् । पहिलो, दाेस्राे,तेस्रो हुनेलाइ सम्मान पत्र सहित १५००,१०००,५०० सयकाे दरले पुरस्कार प्रदान गरिएको थियो ।

वडा बलसंजालमा नियत उपस्थित हुने र सक्रिय बनाउने सहयोग गर्ने रन्जना श्रेष्ठ,अस्मिता श्रेष्ठ,अस्मिता मगर,ललित कुमार माेक्तान,सन्ध्या हायूलाई सम्मान पत्र सहित यातायात खर्च दिएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि रामेछाप नगरप्रमुख लब श्री न्याैपाने,विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे,अतिथि महिला तथा बालबालिका शाखा अधिकृत विमला शर्मा,वडा नं ७ का वडा अध्यक्ष समीर कार्की, वडा का ७ वटा विद्यालयका प्र अ विद्यार्थीहरु ,पत्रकार,वडा सदस्यहरु लगायत विभिन्न शाखाका कर्मचारीहरुकाे उपस्थिति थियोे ।

कार्यक्रममा महिला तथा बालबालिका शाखा अधिकृत विमला शर्मा,रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समीर कार्की,रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे,नगरप्रमुख लव श्री न्यैपानेले आ-आफ्ना महत्त्वपूर्ण भनाइहरु राख्नुभएको थियो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon