गाेलन्जाेर गाउपालिका स्तरीय कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण तथा उद्घाटन,
आज ( बुधबार) सिन्धुली जिल्लाकाे गाेलन्जाेर गाउपालिका स्तरीय कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय, पाख्रीबास, धनकुटाको ३ करोड ३१ लाख आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको गाेलन्जाेर गाउपालिका पशुपन्छी सेवा केन्द्र भवन आज उद्घाटन सँगै हस्तान्तरण भएकाे हाे ।
कार्यक्रमका अध्यक्ष निमित्त आयोजना निर्देशक डाक्टर नन्द किश्वर यादव तथा गाेलन्जाेर गाउपालिकाका अध्यक्ष शंकर राज बरालको प्रमुख आतिथ्ययतामा कार्यक्रम भएको थियो भवन उद्घाटन कार्यक्रम प्रमुख अतिथि शंकर राज बरालले गर्नुभएको थियोे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शंकर राज बरालले नयाँ भवन संचालनमा आएसँगै कृषि तथा पशुपंक्षी सेवाको एकीकृत रुपमा सेवा प्रवाह हुने बताउनु भयो । गाउँपालिकाको आफ्नै भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको भन्दै आगामी दिनमा सेवा प्रवाहलाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनु भयो । भवन निर्माणमा सहयोग गर्ने संस्थालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
नवनिर्मित भवन दुई तलाको रहेको छ। उक्त भवनमा पशुपन्छी प्रयोगशाला कृषि प्रयोगशाला रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चौधरीले जानकारी दिनुभयाे । उक्त भवनमा प्रयोगशालासँगै पशुपन्छी उपचार कक्ष, तालिम हल औषधि वितरण कक्षा र अशक्त कक्ष समेत रहेको बताउनुभयाे। उहाले भन्नुभयाे अब हामी तत्कालै कृषि तथा पशु सेवा नयाँ भवनबाट सुरु गर्दछौं। आगामी दिनमा यसलाई बढाएर अस्पतालको को रूपमा विकास गर्ने लक्ष्य राखेका छौं। आवश्यक अनुसार डाक्टरको दरबन्दी थप गरेर पशु तथा पन्छीको पोस्टमार्टमको पनि यहीँबाट सञ्चालन गर्ने योजनामा रहेका छौं ।
कार्यक्रममा पालिका उपाध्यक्ष ज्वाला न्याैपाने( पुकार ) प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चाैधरी, वडा नं ३ का वडा अध्यक्ष के.पी पाेखरेल र गाेलन्जाेर गाउपालिकाकाे विभिन्न शाखामा कार्यरत कर्मचारीहरुकाे सहभागीता थियो ।








