तिनकन्यामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन, पहिलो दिन ७० जनाले लिए सेवा,
सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ तिनकन्यास्थित नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रबाट आज(शुक्रबार)देखि स्वास्थ्य सेवा सञ्चालनमा आएको छ।
Back to Life E.V. तथा समुदाय पद्धती विकास सेवा, सिन्धुली को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न उक्त स्वास्थ्य केन्द्रबाट स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न थालिएको हो।
स्वास्थ्य केन्द्र सञ्चालनको पहिलो दिन आयोजना गरिएको Outreach Program अन्तर्गत ७० जना सेवाग्राहीले स्वास्थ्य परीक्षण, उपचार सेवा तथा स्वास्थ्य परामर्श प्राप्त गरेका थिए।![]()
स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि तिनकन्या तथा आसपासका बासिन्दालाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि समुदायमा गुणस्तरीय र सहज स्वास्थ्य सेवाको पहुँच विस्तार हुने विश्वास लिइएको छ।![]()







