प्रतिनिधि सभाका सांसदहरुको शपथ पुस ७ गते
२०७९ पुष ४ गते, सोमबार
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुने भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार, प्रतिनिधि सभा सदस्यहरुलाई पुस ७ गते १ बजे शपथको समय तोकिएको छ ।
संसदको ज्येष्ठ सदस्यले २७४ सांसदहरुलाई शपथ गराउने गरी तयारी भएको संसद सचिवालयले जनाएको छ । सांसदहरुको शपथ हालको संसद भवन रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गराइनेछ ।
साथै उनले जेष्ठ सदस्यको भन्ने टुंगो लागिनसकेको जानकारी दिए ।







