बृहस्पति ग्रहको अभूतपूर्व दृश्य सार्वजनिक

२०७९ पुष १४ गते, बिहीबार

काठमाडौँ – बृहस्पति ग्रहको अभूतपूर्व तस्बिर सार्वजनिक गरेको छ।

विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली टेलिस्कोप (जेम्स वेब टेलिस्कोप)ले सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिको तस्बिरहरू खिचेर  सार्वजनिक गरेको हो।

तस्बिरमा ग्रहको दुवै ध्रुवका उच्च भागमाथिका आकाशमा सूर्यका कारण देखिने रङ्गिन प्रकाश अर्थात् अरोराहरू, विशाल आँधीहरू, चन्द्रमाहरू र बृहस्पति वरपरको घेरो विस्तृत रूपमा देख्न सकिन्छ । मानव आँखाले इन्फ्रारेड प्रकाश नदेख्ने भएकाले तस्बिरमा ग्रहका विशेषताहरू झल्किने गरी क्रितिम ढङ्गले रङ्ग भरिएको छ ।

१० अर्ब अमेरिकी डलर खर्चेर अमेरिकी अन्तरिक्ष संस्था नासाको नेतृत्व विकास गरिएको जेम्स वेब टेलिस्कोप (जेडब्ल्यूएसटी) अन्तर्राष्ट्रिय सहकार्यको काम हो। यसमा युरोपेली अन्तरिक्ष निकाय र क्यानेडेली अन्तरिक्ष निकाय समेत साझेदारी छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon