मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
२०७९ पुष २७ गते, बुधबार
जनकपुर, २७ पुस – मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यादवले आजै बिहान मात्रै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । यादवलाई ६३ सांसदको समर्थन रहेको छ ।
उनलाई नेकपा एमाले का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन जनाएका हुन् ।
मधेश प्रदेश सभामा १०७ जना सांसदहरू छन्। सरकार गठनका लागि कम्तीमा ५४ जना सांसदको समर्थन चाहिन्छ ।







