इराकमा १४ जना आतङ्ककारीलाई मृत्युदण्ड

२०७९ माघ १४ गते, शनिबार

बाग्दाद : इराकी अदालतले १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। उनीहरु नागरिकको आमहत्यामा संलग्न थिए। नागरिक हत्यामा संलग्न पाइएको भन्दै  बिहीबार अदालतले ती १४ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो।

सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतङ्ककारीहरुले कब्जा गर्ने प्रयास गरेका थिए। त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए। 

यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो।  इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए। 

उनीहरुले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए। ती भिडियोहरु सो समयमा पनि सार्वजनिक भएका थिए। ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon