कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग

२०७९ माघ २६ गते, बिहीबार

काठमाडौँ, २६ माघ (रासस) :

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष कुमार कार्की नेतृत्वको टोलीले आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको भन्दै कर्जा ब्याजदर एक अङ्क कायम गर्न माग गरेको हो ।

महासङ्घले सबै बैंक तथा वित्तीय संस्थाको ब्याजदर समान हुनुपर्ने, सहुलियत विना धितो कर्जालाई रु १५ लाखबाट बढाएर कम्तीमा रु २५ लाख र बैंक तथा वित्तीय संस्थाको लगानी ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी नीति बनाउनुपर्ने बताएको छ । गर्भनर अधिकारीले उद्योग तथा व्यवसायलाई अगाडि बढाउनका लागि राष्ट्र बैंक सकारात्मक रहेको धारणा सो अवसरमा व्यक्त गर्नुभएको जनाइएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon