प्रधानमन्त्री दाहालसँग साउदीका राजदूतको भेट

२०७९ माघ २७ गते, शुक्रबार

काठमाडौँ, २७ माघ (रासस) :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सो भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon