करेन्ट लागेर एकको मृत्यु

२०७९ माघ २८ गते, शनिबार

झापा, २८ माघ (रासस) : विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते हुनुभएका श्रेष्ठको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । श्रेष्ठले आफैँले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँग्नु भएको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon