एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन टुट्न सक्ने आशंका व्यक्त

२०७९ फाल्गुन २ गते, मंगलवार

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन टुट्न सक्ने आशंका व्यक्त गरेका छन्। पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाअधिवेशन राजधानीको प्रज्ञा भवनमा उद्‌घाटन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो आशंका व्यक्त गरेका हुन्। 

साथै अध्यक्ष ओलीले आफू सहितको गठबन्धन सरकार बनेको भन्दै पार्टीपंक्तिलाई खुसी नहुन पनि आग्रह गरेका छन्। 

‘पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ। त्यो सफलताको कुरा हो। हाम्रा साथीहरु खुसी भएको दखिन्छ। तर कथंकदाचित यो स्थित फेरियो भने…’ ओलीले भने। 

ओलीले संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको बनेको  बताए। ‘बहुमत कसैको छैन। हामीसँग बहुमत भन्दा तल सिट छ। र अनेक प्रकारका शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन्। यो देश बर्बाद पार्न यदि कुनै डाँकाले बैंकमा डैकत गर्नु पर्‍यो भने पहिले पालेलाई  प्रहार गर्छ। नेकपा एमाले देशलाई डैकति गर्न नदिने गेटको पाले हो,’ अध्यक्ष ओलीले भने,‘यसमाथि नहानीकन, यसमाथि नहानी भित्रै पस्न पाँउदैन। पहिले यसमाथि प्रहार हुनसक्छ। अनेक प्रकारका शक्ति क्रियाशील छन्। अनेक प्रकारका षड्यन्त्र भइरहेका छन्।’

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon