यो समीकरणको जन्मकुण्डलीमै राष्ट्रपति एमालेको हुने लेखिएको छ : ओली

२०७९ फाल्गुन ७ गते, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारले सोधको प्रश्नको उत्तर दिँदै उनले भने, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखेर आएको छ उति बेलै ।’

माओवादी नेता जनार्दन शर्माले त सहमति भएको थाहा छैन भन्नु भएको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘सबैसँग त कहाँ सहमति हुन्छ र माओवादी कार्यकर्ता सबैसँग सहमति गदै हिँडेर हुन्छ त ?’

राष्ट्रपतिमा सबैको सहमति हुनु पर्छ भन्ने आवाज पनि उठेको छ नि भन्ने पत्रकारको अर्को प्रश्नको उत्तरमा ओलीले भने, ‘सही कुरा हो, हामीले उम्मेदवार उठाउँछौं, सबैको सहमति हुनुपर्छ ।’

अहिलेकाे समीकरण सोच विचार गरेर नै बनाएको भन्दै ओलीले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने विश्वास व्यक्त गरे ।

उनले एमालेले उठाउने उम्मेदवारको नाम आफूले १३ गते सार्वजनिक गर्ने पनि बताए । नयाँ राष्ट्रपतिको उम्मेदवारी मनोनयनका लागि १३ गतेको समय तोकिएको छ ।

Post navigation

PREVIOUS

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon