झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

२०७९ फाल्गुन २१ गते, आईतवार

दमक, २१ फागुन (रासस) 
झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ ।
मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो ।  सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताउनुभयो ।
उहाँले उद्योगमा वार्षिक १० हजार मेट्रिक्टनभन्दा बढी मह उत्पादन हुँदै आएको जानकारी दिनुभयो ।   व्यावसायिक रुपमा मह उत्पादनका लागि सतासीमा खेती समेत गरिँदै आइएको छ । अब आधुनिक मेसिनबाट मह प्रशोधन हुने भएकाले बजारीकरणमा पनि समस्या नहुने किसान धनमाया पाठकले बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा सो उद्योगमा  सात महिलाले रोजगारी  पाएका छन् । शिवसताक्षी–११ मा बासिन्दाले सरदर १० देखि दुई  सय ५० घारसम्म माहुरी पालेका छन् ।

मौरीपालन ‘ब्लक’ क्षेत्रसमेत घोषणा गरिएको शिवसताक्षी–११ भित्र मात्र झन्डै तीन सयभन्दा बढी महिलाले व्यावसायिक रूपमा नै मौरीपालन गर्दै आएको र यसबाट वार्षिक ६० टनभन्दा बढी मह उत्पादन हँुदै आएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon