सेवामुलक काम गर्दै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जन्मदिन मनाए

२०७९ फाल्गुन २२ गते, सोमबार

झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जन्मदिनको अवसर पारेर गर्दै आएको सेवामुलक कामलाई यसबर्ष पनि निरन्तरता दिएका छन ।
नेपाली कांग्रेसका एक नम्बर प्रदेश समिति सदस्य समेत रहेका युवा नेता राईले यस बर्षको जन्मदिन आफनै पालिका भित्रका दिर्घरोगीलाई घर घरमै नगद सहयोग गरेर र कमल अस्तालमा आएका बिरामी र कुरुवाहरुलाई फलफूल वितरण गरेर मनाएका हुन ।
सोमबार कमल गाउँपालिकाका विभिन्न वडाका असहाय तथा दिर्घरोगीहरु चार जनालाई घरघरमै पुगेर जनही ११ हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरेका हुन ।
उनले पालिकाको वडा नं ४ जिवन चौकस्थित चन्द्रेश्वर पाञ्चायन शिवालय मन्दिरमा दर्शन गरी सर्वसाधारणहरुबाट आशिर्वाद लिँदै मन्दिरमा आवश्यक बिद्युतीय पंखा र बिजुली बत्ती समेत उपलब्ध गराएका छन ।
त्यस्तै वडा नं ६ मै रहेको धर्मज्योती किर्तन मण्डलीलाई एक थान हार्मोनियम र वडा नं ७ का मुसहर समुदायको सामुहिक कार्यक्रममा प्रयोग गर्न आवश्यक भाँडा वर्तन आदी उपलब्ध गराएका छन ।
अध्यक्ष राईले जन्मदै अपाङगताका कारण कष्टकर जिवन बिताइरहेकी वडा नं १ कि यास्मिका डाँगी, मनासिक स्वास्थ्य समस्याका कारण ओछयान परेका कमल ४ का मिन बहादुर सेन्चुरी , मिर्गौला सम्बन्धि समस्याबाट पीडित भइ भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचाररत कमल ३ का निर्मल फियाक र कमल २ का दिर्घरोगी पूर्णबहादुर दर्जीलाई जनही ११,००० रुपैयाँका दरले आर्थिक सहायता रकम हस्तान्तरण गरेका हुन ।
अध्यक्ष राईले कमल अस्पतालमा बिरामी तथा बिरामीका कुरुवा र सहयोगीहरु समेत ७० जनालाई स्याउ, अंगुर, फ्रुटी लगायतका प्याकेज उपलब्ध गराएका हुन ।

बिरामी तथा कुरुवाहरुलाई फलफुल उपलब्ध गराउँदै साक्षात्कार समेत गरे । सो अवसरमा आम नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच बढाउनु पहिलो प्राथमिकता भएको बताउँदै अस्पतालबाट उपलब्ध सेवाबाट अधिकतम लाभ लिन आग्रह गरे ।  मैंले घर घरमा पुगेर बिरामीहरुको समस्यालाई नजिकबाट बुझेको छु ।
स्थानीय सरकारको पहुँच र साधन स्रोतले भ्याए सम्म बिरामीहरुको उपचार सेवालाई गुणस्तरीय बनाउने मेरो प्रतिबद्धता छ । अध्यक्ष राईले चुनाव ताका आफूले गरेको प्रतिबद्धता अनुसार स्वास्थ्य बीमाको सेवासहित कमल नगर अस्पताल सञ्चालनमा आएको पनि उल्लेख गरे ।
अध्यक्ष राईले यसअघि जन्मदिनको अवसर पारेर आगलागी पीडितहरुलाई नगद राहत, अपाङगता भएकाहरुलाई ह्वीलचियर, विपन्न नागरिकलाई घर बनाइदिने लगायतका सेवामुलक काम गरेका थिए ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon