झापाको दमकमा खुल्यो सुविद्या सम्पन्न ‘दमक बिर्यानी हाउस’
२०७९ फाल्गुन २८ गते, आईतवार
दमक, २८ फागुन । झापाको दमक–८ स्थित बेलडाँगी रोडमा दमक बिर्यानी हाउसले आफ्नो सेवा सञ्चालनमा ल्याएको छ ।
यस बिर्यानी हाउसमा विशेष गरी चिकेन बिर्यानी, मटन बिर्यानी, चिकेन चिली, मटन चिली, फेन्च फ्राई, केफसी चिकन साथै सम्पूर्ण चिकन तथा मटनका सम्पूर्ण परिकार लगायत चिया, कफी, चिसो पेयपदार्थहरु त्यस्तै जन्मदिन, बिभिन्न संस्थाका पार्टी, मिटिङ्ग गर्नका लागि समेत सुविधा सम्पन्न ठाँउ साथै यहाँ होमडेलिभरीको समेत व्यवस्था रहेको र आफ्नै क्षेत्रमा ताजा सफा मीठो खानाका परिकारको सेवा दिनको लागि दमकमा दमक बिर्यानी हाउस सञ्चालनमा ल्याएको सञ्चालकहरू मध्येका सञ्चालक महेशलाल राजवंशीले बताए ।







