अक्षयकोष निर्माणको लागि श्री नारायणी शक्ति उपासना ज्ञान महायज्ञ लाग्ने
काठमाडौंको नारायाणी मन्दिर नारायणस्थानमा सनातन तथा बैज्ञानिक शिक्षायुक्त पठानपाठन आबास निर्माण धरधामको समुन्नति तथा संरक्षणर्थ अक्षयकोष निर्माणको लागि श्री नारायणी शक्ति उपासना ज्ञान महायज्ञ लाग्ने भएको छ |
चतुर्व्यूह नारायाण महायज्ञ मूल समारोह समिले आयोजना गर्ने महायज्ञलाई ब्यास अन्तराष्ट्रिय आध्यात्मिक व्याक्तित्व युवा पण्डित नारायण चतुर्व्यूह र सह ब्यास आध्यात्मिक क्षेत्रका उदयमान नक्षेत्र बैदिक युएवा टंक प्रसाद उपाध्यक्ष चतुर्व्यूहले कथा बाचन गर्ने आयोजकले प्रकासित गरेको निमन्त्रणा पत्रमा जनाइएको छ |
चैत ८ गते बाट १६ गते सम्म संचालन हुने महायज्ञमा सहभागी हुन र पुन्य काममा सहयोगी बन्न आयोजकले सम्पूर्ण भक्तजनलाई आग्रह गरेका छन |
राजाहरूले दैनिक नित्यपूजा गर्ने चतुर्व्यूह नारायाणमा आयोजना हुने महायज्ञ भगवान् नारायणको ५ स्वरुप पर, व्यूह, विभव, अन्तर्यामी र अर्चामध्येको दोस्रो व्यूह स्वरूप नारायणले विभिन्न स्थितिमा लिने स्वरूप हो । वैष्णव मत अनुसार परमपद वैकुण्ठमा निवास गर्दा देखिने नारायणको स्वरुप पर स्वरुप हो । यो भगवान श्रीहरिको स्वरूप पनि मानिन्छ । चतुर्व्यूह नारायाणमा बर्षेनी देश जनताको सुख शान्तिको लागि महायज्ञ लगाउने गरिएको यो पटक सनातन तथा बैज्ञानिक शिक्षायुक्त पठानपाठन आबास निर्माण धरधामको समुन्नति तथा संरक्षणर्थ अक्षयकोष निर्माणको लागि महायज्ञ लगाइएको हो |







