वडा कार्यालय छेउमा पहिचान नखुलेको शव फेला

२०७९ चैत्र ८ गते, बुधबार

कानेपोखरी । मोरङको कानेपोखरीको ७ नं. वडा कार्यालय छेउमा पहिचान खुल्न नसकेको एक पुरुष शव फेला परेको छ ।

तराई मुलबासी अन्दाजी ४० बर्षको जस्तो देखिने पुरुषको मंगलबार विहन ९ः३० बजे मृत अवस्थामा फेला परेको थियो । परिचय नखुलेको ती व्यक्ति वडा कार्यालय छेउको पैनिमा भेटिएको इप्रका पथरीका डिएसपि लक्ष्मी भण्डारीले बताए ।

वडा कार्यलय छेउको चोक आइतबारे बजारमा केही समय देखी बास बस्दै आएका ती व्यक्ति कानेपोखरी चोकमा मागेर खाने गर्दै आएका त्यहाँका स्थानीय बताउँछन् ।

ती व्यक्तिको हुलिया निलो जिन्स पाईन्ट, कालो जिन्सको ज्याकेट, बाहिर कोठे हाफ सर्ट, भित्र पहेलो कलरको स्वीटर लगाएको, दार्ही र जुङ्गा लामो रहेको, ५ फिट ४ ईन्च उचाई भएको पुरुष रहेको छ । प्रहरीले मृतकको शवको जाँच प्रकृति मुचुल्का समेतको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलवारे अस्पतालको शवगृहमा राखिएको डिएसपी भण्डारीले बताए ।

प्रहरीले सामाजिक सञ्जालमा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलवारे अस्पतालको शवगृहमा सुरक्षित साथ राखिएको हुँदा मृतकको आफन्त वा चिनजानको व्यक्ति भए ईलाका प्रहरी कार्यालय पथरीमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon