कमलनगर जेसिजद्वारा नि:शुल्क दन्त शिविर सम्पन्न

२०८० जेष्ठ ३२ गते, बिहीबार

कमल, ३२ जेठ : झापाको कमल गाउँपालिकामा कमलनगर जेसिजद्वारा बुधबार नि:शुल्क दन्त शिविर सम्पन्न गरेको छ । उक्त दन्तशिविर कमल-२, भुत्लुङ्ग स्थित श्री ज्योति माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

कमलनगर जेसिजको आयोजनामा तथा आमा डेन्टल क्लिनिक प्रा .लि दमकको प्राविधिक सहयोगमा संचालित दन्तशिविर कमलनगर जेसिज वर्ष २०२३ का उपाध्यक्ष रोशन अधिकारी संयोजकत्वमा, वर्ष २०२३ का अध्यक्ष रिजु कार्कीको अध्यक्षतामा तथा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमको विशेष अतिथिहरूमा ज्योती माविका प्रधानाध्यापक नगेन्द्र बस्नेत, ज्योती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्का रहनुभएको थियो । यस्तै अतिथिहरुमा आमा डेन्टल क्लिनिक दमकका प्रवन्धक अर्जुन श्रेष्ठ, कमलनगर अस्पतालका प्रमुख टीका बर्देवा, कमल-२ का वडा सदस्य भिम कार्की रहनुभएको थियो ।

नि:शुल्क दन्त शिविरमा ज्योती माविका विद्यार्थी/शिक्षक, अभिभावक, इन्द्र लोहनी मेमोरियल स्कुलका अभिभावक, विद्यार्थी र शिक्षकहरू त्यसैगरी विद्यासदन अंग्रेजी स्कुलका शिक्षक/विद्यार्थीहरु लगायत करिब ३०० जनाको दन्त परीक्षण तथा १० जनाको दाँत खोलिएको थियो ।

साथै शिविरमा सहभागीहरुलाई मुख तथा दन्त शिक्षा तथा सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको कमलनगर जेसिज वर्ष २०२३ का महासचिव हरि अधिकारले बताएका छन् ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon