न्यायिक समितिद्धारा गर्याे उमाकुण्ड गाउपालिकाले सतप्रतिशत मुद्दा फछ्र्यौट
रामेछापको उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिले गत आर्थिक वर्षमा दर्ता भएको सबै मुद्दा टुङ्गो लगाएको छ । समितिले दर्ता भएका ११४ वटै मुद्दा सबै छलफलबाट टुङ्ग्याएको हो ।
पालिकाको उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सावित्री सुनुवारले हरेक महिनाको चार आइतबार न्यायिक समितिको बैठक बस्ने गरेको बताउनुभयो । समिति संयोजकसहित तीन जना सदस्यको सोही बैठकमार्फत् वडाबाट ‘रिर्भर’ भएर आएका तथा समितिमा सिधै दर्ता भएर आएका विवादहरुबारे छलफल हुने गरेको छ
मेलमिलाप प्रकृयालाई प्रभावकारी बनाउन पालिकाका सात वटै वडाको मेलमिलाप संयोजकहरुलाई पुनर्ताजकी गर्ने, अभिमुखीकरण गर्ने कार्यक्रम गरिएको उहाँले बताउनुभयो
। उहाँका अनुसार मेलमिलापकर्ता सुचिकृत गराउने, वडा वडामा गएर पुर्नगठन गर्ने काम भइसकेको छ । पालिकामा ६२ जना मेलमिलापकर्ता कार्यरत रहेका छन् । श्रावण देखि हालसम्म उमाकुण्ड गाउपालिका न्यायिक समितिमा १४ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दा मध्ये १२ वटा मुद्दाको मिलापत्र भएका छन भने २ वटा छलफल हुन बाँकी रहेका छन् ।







