राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ ‘मार्की प्लेयर’ को रूपमा एफसी चितवन क्लबमा आबद्ध

२०८० आश्विन १० गते, बुधबार

नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपाली राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् ।

गेम वान प्राली अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो आबद्धतामा सहमति भएको हो । 

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको एनएसएल आउँदाे मङ्सिर ८ देखि पुस १४ गतेसम्म काठमाण्डाैकाे दशरथ रङ्गशालामा आयोजना हुँदैछ ।

एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू– एफसी चितवन, काठमाण्डाै रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, वीरगञ्ज युनाइटेड, झापा एफसी र स्पोर्टिङ इलाम टिमले प्रतिस्पर्धा गर्दै छन ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon