होस्टेलमा ८ वर्षीय बालक मृत फेला, सुर्खेतकाे बालवाटिका स्कुल तनावग्रस्त

२०८० आश्विन १३ गते, शनिबार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर  नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर हुन्

उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए ।  होस्टेलमा उनी झुण्डिएको अवस्थामा फेला परेका छन् । शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव‌ अहिलेसम्म उठाइएको छैन

आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताए ।

त्यहाँ अहिले प्रहरी तैनाथ गरिएको छ । आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon