खुर्काेट स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडकाे ११ औँ वार्षिक साधरण सभा सम्पन्न
आज मिति २०८० असाेज २० गते खुर्काेट स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडकाे वार्षिक साधरणा सभा सुनकाेसी सामुदायिक अस्पतालमा अध्यक्ष केशव प्रसाद देवकोटाकाे अध्यक्षतामा एवम् गाेलन्जाेर गाउपालिकाकाे अध्यक्ष शंकरराज बरालकाे प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथिकाे रुपमा गाेलन्जाे गाउपालिकाकाे उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने ( पुकार )संस्थाका सियर सदस्यहरु गाेलन्जाेर गाउपालिकाकाे विभिन्न वडाका वडा अध्यक्षहरु,विभिन्न संङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र सुनकोसी सामुदायिक अस्पतालमा कार्यरत कर्मचारीहरुकाे सक्रिय सहभागीता रहेको थियोे ।
संस्थाकाे सचिव भानुहरि भण्डारीले कार्यक्रमकाे सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा अध्यक्षकाे प्रतिबेदन,काेषाअध्क्षकाे प्रतिबेदन, आ व ०७९/०८० काे लेखापरीक्षक एस,एस ढकाल एण्ड एसाेसियटस द्रारा गरेको लेखापरीक्षण प्रतिबेदन,आगामी आ व ०८०/०८१ काे लेखापरीक्षक नियुक्तिक र पारिश्रमिक लगाएत अस्पतालको स्तर उन्नति,बिनिमय सम्साेधन,मानव संसाधन नीति आगामी आ व ०८०/०८१ काे बजेट प्रस्तुति गरिएको थियो ।
उक्त कार्यक्रमकाे शुभकामना मन्तव्यमा बिशिस्ट अतिथि ज्वाला न्याैपानेले स्वास्थ्य नै हाम्रो धन हाे याे अस्पताललाई स्थानीय तह र मेरो व्यक्तिगत तर्फबाट मैले गर्न सक्ने सहयोग गर्छु भन्ने प्रतिबद्धता दिनुभयो त्यस्तै प्रमुख अतिथि गाेलन्जाेर गाउपालिकाका शंकरराज बरालले पनि मैले गर्नु पर्ने सहयोगमा कुनै कमिकम्जाेरी हुने छैन भन्दै आफ्नो भनाइहरु राख्नुभएको थियोे ।
उक्त कार्यक्रममा ५०,७९१,२७७ काे काराेबार प्रस्तुत भएको थियो । कार्यक्रमकाे समापन संस्थाको अध्यक्ष केशव प्रसाद देवकोटाले गर्नुभएको थियो ।







