लेखक:निरु थापा रामेछाप नगरपालिका वडा ७ रामेछाप (दृष्टिकोण अनलाइन डट कम)
२०८० आश्विन २२ गते, सोमबार
आसु जति भित्रै दबाई,,हासी रहने बानी मेरो ।
संङ्गिसाथी भन्ने गर्छन्,,कति राम्रो जीवन तेरो ।
जिन्दगीका हरेक बाधा,,फुकाउदै अघि बढ्दा ।
काहिँ अफ्ट्यारो काहिँ सजिलो,,हुदाे रछ सिढी चढ्दा ।
अफ्ट्यारोलाई सहज बनाई,,अघि बढ्दै जादा खेरि ।
नबुझ्नेले भन्ने रैछन,,सारिछे कि अन्तै डेरी ।
चियाे चर्चा हुन्छ अरे,,कता जान्छन् के के खान्छन् ।
साच्चै मुर्ख हुन्छन् मान्छे,,मरेर चाहिँ के नै लान्छन ।
बाचुन्जेल घमण्डले,,गर्नु पर्ने तेराेमेराे ।
जस्तो जन्मियाे त्यस्तै जान्छौं,,छाेडी संसार सेरोफेरो







