रामेछापको बिहिवारे हाटमा खसी,बाेकाकाे बढ्यो चाप

२०८० आश्विन २५ गते, बिहीबार

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा प्रत्यक विहिबार हाट लाग्दै आएकाे छ । जिल्लामा अरु ठाउँमा पनि विभिन्न बार हाट लाग्दै आएकाे छ तर पनि यो रामेछापकाे पुरानो सदरमुकाम रामेछापमा लाग्ने हाट अरु ठाउकाे हाटमा भन्दा धेरै मानिसहरुकाे भिडभाड हुन्छ ।

याे बजारमा सबै थरिकाे सामान पाइन्छ भने विशेषगरी गेडागुडीका लागि उपयुक्त मानिन्छ । दशै नजिकिएसँग आज मिति २०८०/६ / २५ गते लागेको हाटमा खसी,बाेका किन्ने र बेच्नेकाे निकै भिडभाड छ । आजको हाटमा लत्ताकपडा कपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा अलि बढी देखिएको छ । याे हाटमा प्रायः रामेछाप नगरपालिका भरिएका किसानहरूले खसी,बाेका बेच्न ल्याउछन भने खसी, बाेका किन्नका लागि जिल्ला आसपासका मान्छेहरु पनि आउने गर्छन्। खसी, व्यापार पनि राम्रै रहेको खसी व्यापारी जयबहादुर बस्नेतले बताउनुभयो ।

दशैकाे सिजनमा खसी,बोकाको मूल्य पनि राम्रै पाइने भएपछि यही सिजनमा खसी,बोकाको व्यापार गर्न लिएर आउनेहरु बढेको रामेछाप बजारका स्थानिय सुजन घिमिरेले बताउनुभयो । यहि हाटमा किनेर खसी,बाेका काठमाडौं समेत लैजाने गरेका छन ।

अघिल्लो हप्ताकाे हाट भन्दा आजकाे हाटमा खसी, बोका धेरै ल्याएको हुनाले अलि सस्तो भकाे हाे कि भन्ने भनाइ रामेछाप नगरपालिका वडा नं ७ बस्ने हरि बहादुर थापाले बताउनुभयो ।

हाटमा गाउघरबाट खसी बोका बेच्न ल्याउने भएकोले स्वास्थ्य परीक्षण नगरी बेच्ने गरिएको छ । दशैँ लगायतका चाडवाडहरुमा हजारौंको संख्यामा खसी,बोका विक्रि वितरण हुने भएकोले स्वास्थ्य जाँच गर्न आवश्यक छ । स्वास्थ्य जाच नगरेको खसी,बाेका किन्दा बेच्दा भाेलिकाे दिनमा दुबैलाई समस्या आउँने हाे कि भन्ने जनगुनासो छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon