लेखक निरु थापा रामेछाप नगरपालिका वडा नं ७ रामेछाप ( दृष्टिकोण अनलाइन डट कम)
२०८० कार्तिक १३ गते, सोमबार
मरुभूमि भएपनि तिम्रो,,काम हाे फूल फुल्ने ।
सुन्दर फूल देखेपछि,,स्वार्थी भमरा डुल्नै पर्ने ।
स्वार्थ नै छ संसारमा,,राम्रो फूल देख्नै हुन्न ।
मर्म के छ त्यो फूलकाे,,काेही कसैको मनमा छुन्न ।
प्राकृतिले दिए अनुसार,,समयमा फूल्नै पर्ने ।
सुन्दर फूल देखेपछि,,स्वार्थी भमरा डुल्नै पर्ने ।
न गाेडमेल न मलजल,,उराठ लाग्दो मरुभूमि ।
फूलेपछि टिप्छन मात्रै,,छैन तिम्रो पिरमा रुनी ।
सुन्दरतालाई जाेगाई राख्न,,तिम्रो रक्षा गर्नै पर्ने ।
सुन्दर फूल देखेपछि,,स्वार्थी भमरा डुल्नै पर्ने ।
एउटा आई टिपि लग्छ,,तिम्रो अंङ्ग भाचि भाची ।
त्यहीँ अंङ्गलाई छरिपिट्ट,,पार्छ पापी नाचि नाची ।
आफ्नाे अंङ्ग चुडाई लाग्दा,,पनि पीडा भुल्नै पर्ने ।
सुन्दर फूल देखेपछि,,स्वार्थी भमरा डुल्नै पर्ने ।







