प्रहरी हुँ भन्दै बाटाे छेकेर सर्वसाधारणलाई दुःख दिने व्यक्ति पुर्पक्षका लागि कारागार चलान

२०८० कार्तिक १४ गते, मंगलवार

प्रहरी हुँ भन्दै सर्वसाधारणलाई दुःख दिने एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ललितपुरकाे गोदावरी नगरपालिका-६ टीकाभैरव घर भई अहिले टोखा नगरपालिका-११ भण्डारीटोल बस्ने २२ वर्षीय विश्व मल्‍ललाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिनुभयाे ।

मल्लले असोज ११ गते बिहान साढे ४ बजेकाे समयमा बाटोमा हिँडिरहेका सर्वसाधारणलाई राेकेर आफू सिभिल घुमुवा प्रहरी हुँ तलासी लिनुपर्छ भनेर प्रहरीकाे नक्कली परिचयपत्र देखाएका थिए । तलासी लिन खोजी सर्वसाधारणलाई दु:ख दिइरहेकाे अवस्थामा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले मल्ललाई पक्राउ गरेकाे थियाे । प्रहरीकाे उनकाे साथबाट प्रहरीको नक्कली परिचयपत्र, स्कुटर र स्कुटरकाे डिकीभित्र खुकुरी बरामद गरेकाे थियाे

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon