अस्ट्रेलियासँग पराजित भएसँगै इङ्ल्यान्ड विश्व कपबाट बाहिरियो

२०८० कार्तिक १९ गते, आईतवार

साविक विजेता इङ्ल्यान्ड भारतमा चलिरहेको एकदिवसीय विश्व कपबाट बाहिरिएको छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गएराति सकिएको खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित हुँदै इङ्ल्यान्ड जारी विश्व कपबाट बाहिरिएको हो । यसअघि बङ्लादेश पनि विश्व कपबाट बाहिरिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २ सय ८६ रन बनाएको थियो । दुई सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्ड ४८ ओभर १ बलमा दुई सय ५३ रन बनाएर अलआउट भयो ।

इङ्ल्यान्ड ७ खेलमा २ अङ्क जोडेर प्रतियोगिताबाट बाहिरिएको छ । अब नेदरल्यान्ड्स र पाकिस्तानसँग २ खेल खेल्न बाँकी छ । यी दुवै खेल जिते पनि उसको ६ अङ्क मात्र हुनेछ, जुन सेमिफाइनल पुग्न पर्याप्त छैन ।

इङ्ल्यान्डलाई हराएपछि अस्ट्रेलियाले ७ खेलमा ५ जितसहित १० अङ्क जोडेको छ । अस्ट्रेलिया अङ्क तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान र बङ्लादेशसँग २ खेल बाँकी छ । अब एक खेल जितेमा अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon