लेखक: निरु थापा रामेछाप नगरपालिका वडा नं ७ (दृष्टिकोण अनलाइन डट कम)
तिमी माया नगर भाे,,मैले माया गरिरहन्छु ।
खाली हुन दिन्न याे मन,,तिम्रै मायाले भरिरहन्छु ।
तिमी टाढा छाै त के भाे,,सम्झना छ आँखाभरि ।
मन भित्र लेखेको नाम,,मेटिदैन कसैगरी।
जति काेसिस गर भाग्न,,तर नजिक परिरहन्छु ।
खाली हुन दिन्न याे मन,,तिम्रै मायाले भरिरहन्छु ।
भन्ने गर्थ्याै तिम्रै मुखले,,कति धेरै माया गर्छु ।
यदि तिमीलाई पाईन भने,,तड्पि तड्पि यसै मर्छु ।
जता जान्छाै उतै तिमी,,मैले डेरा सरिरहन्छु ।
खाली हुन दिन्न याे मन,,तिम्रै मायाले भरिरहन्छु ।
मैले पनि बुझ्ने काेसिस,,गरिन कि त्यो चाहानालाई ।
साच्चाे सम्झि गरे माया,,बुझिन त्यो बाहानालाई ।
तिम्ले दिकाे माया मैले,,सँङ्गालेर राखिरहन्छु ।
खाली हुन दिन्न याे मन,,तिम्रै मायाले भरिरहन्छु ।
मलाई जस्तै चाेट तिम्ले,,अरुलाई कहिले नदेऊँ ।
माया भन्ने पवित्र हाे,,यसलाई सानो कहिले नलेऊँ ।
निष्ठुरी त तिमी भयाैँ,,मैले माया गरिरहन्छु ।
खाली हुन दिन्न याे मन,,तिम्रै मायाले भरिरहन्छु







