लैङ्गिक हिँसाकाे स्वरुप र कानुनी ब्यवस्था बिषयमा रामेछाप नगरपालिकाकाे एक दिने अन्तरक्रिया कार्यक्रम
रामेछाप नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मुल नाराकाे साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे अन्तिम दिन मानवअधिकार दिवसकाे उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम राखियकाे थियाे उक्त कार्यक्रमकाे अध्यक्षता नगर प्रमुख लबश्री न्याैपानेले गर्नु भयकाे थियाे । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख बिमला शर्माले उद्घाेषण गर्नु भयकाे थियाे ।
कार्यक्रममा उप प्रमुख बाल कुमारी कार्की,प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे र अधिबक्ता पाण्डव प्रसाई लगायत नगर भित्रका शिक्षक,सँघसस्था,कार्यपालिकाकाे पदाधिकारी ,नगरबाल सँजालका विभिन्न तहका महानुभावहरुकाे उपस्थिति रहेकाे थियाे । मङ्सिर ९ गते देखी सुरु भएको अभियान आज अन्तरक्रियात्मक गरि टुङ्गाएकाे थियो ।
उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका वडा न -८ निवासी रामेछाप नगर बालसँजालका अध्यक्ष प्रिती तामाङ ले बालबालिकालाई नगरले गर्ने हरेक क्षेत्रमा सहभागी र अवसर दिदा ब्यक्तित्व विकास र सामाजिक परिवर्तनमा याेगदान दिन सकिन्छ भन्ने धारणा राख्नुभएकाे थियाे । शिक्षकहरुबाट प्रतिनिधित्व गर्दै रामेछाप नगरपालिका वडा न -३ चण्डेश्वरी मा.वि. का प्रद्यानध्यापक केशव सापकाेटाले बिद्यालय तहबाट बालबालिकाहरुलाई सु-सूचित गराई हामी सबै एक भई हिँसा न्युनिकरण सकिन्छ भनी जाेड दिनु भयाे । रामेछाप -२ का वडा अध्यक्ष नीर कुमार श्रेष्ठले गाउँ बस्ति स्तरमा पुगेर जनचेतना कार्यक्रमलाई निरन्तरता दिनु पर्ने कुरा बताउनु भयाे । प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले समाजमा विभिन्न प्रकारका हिँसाकाे रस्वरुप देखिन्छ त्यसलाई कम गर्न सबैले असल नागरिककाे भुमिका खेल्नु पर्दछ भन्ने भनाइ राख्नु भयाे । उपप्रमुख बाल कुमारी कार्कीले लैंगिक हिंसा अन्त्य गर्न सबै आआफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने र कुनै कसैले पनि हिँसा सहेर बस्न नहुने र न्यायिक समितिकाे तर्फबाट न्यायाेचित तरिकाले भुमिका खेल्ने छ भन्ने प्रतिबद्धता गर्नुभएको थियो । साथै कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख लब श्री न्याैपानेले नगर हिँसामुक्त गरि सुन्दर राख्न आफैले म म गरि साेच र ब्यबहारमा सुधार ल्याउनु पर्ने र आगामी दिनहरुमा नगरले याे क्षेत्रमा उदाहरणीय कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो अन्त्यमा उपस्थिति सबैलाई हार्दिक धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभयो ।








