राष्ट्र सेवक कर्मचारी सहकारीकाे तेस्रो वार्षिक साधारण सभा सम्पन्न
रामेछाप नगरपालिका भित्र रहेको राष्ट्र सेवक कर्मचारी सहकारी सँस्था लिमिटेड रामेछापको तेस्रो बार्षिक साधारण सभा सँस्थाकाे अध्यक्ष श्री घना माया श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भयो ।कार्यक्रममा विभिन्न सहकारी सँस्थाका प्रतिनिधिहरु समाज सेवा साकाेसकाे अध्यक्ष लक्ष्मी घिसिङ,निशान साकाेसका उपाध्यक्ष सुजन घिमिरे,मन्थली बचत साकाेस सेवा केन्द्रबाट साबित्रा कार्की ,दृष्टिकोण अनलाइन रामेछापको अध्यक्ष निरु थापा,साहारा बचत साकाेसबाट सन्देश शाही,केबलेश्वर साकाेस मनिषा नेवा:खड्गी,जुनेली साकाेसबाट रबिन्द्र श्रेष्ठ सँस्थाका सँचालक समितिका पदाधिकारीहरु,लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु,ऋण उपसमिति,शिक्षा उपसमितिका पदाधिकारी र शेयर सदस्यहरुकाे उपस्थितिमा कार्यक्रम सँचालन भयकाे थियो । कार्यक्रमकाे सहजिकरण बिन्दा मगरले गर्नु भयकाे थियाे भने ।कार्यक्रमकाे उद्घाटन अतिथि निशान साकाेसका उपाध्यक्ष सुजन घिमिरेले गर्नु भएको थियाे । सस्थाकाे बार्षिक प्रतिबेदन सचिब दिपक कुमार श्रेष्ठ,आर्थिक प्रतिबेदन काेषाध्यक्ष नारायण कुमार कार्की ,लेखा प्रतिबेदन लेखा सुपरिवेक्षण समितिका सदस्य अपना कुमारी श्रेष्ठ र सहकारी सम्बन्धि गितमा नृत्य जसमिन मगर र सृष्टि मगरले गर्नु भयकाे थियाे । कार्यक्रममा सहकारी सस्थाकाे लक्ष्य,उदेश्य,परिकल्पना र सहकारी सिद्धान्त अनुसार संचालन गर्न याेगदान गर्ने अधिक शेयर कर्ता काजि शेर्पा ,बिमला कुमारी शर्मा,श्रबण कुमार शर्मा,भागवत कुमार श्रेष्ठ,चित्र बहादुर भुजेल,बिष्णु घिमिरे र स्थापना कालकाे सदस्य कृष्ण बहादुर भुजेल,बिष्णु बहादुर कार्की,स्थापना कालकाे सदस्य तथा अन्य समितिमा रहेर कार्य गर्ने शान्ता देवि ढकाल,सुनिता श्रेष्ठ,भरत प्रसाद घिमिरे,गुणराज तामाङ,शिबचन्द्र श्रेष्ठ,केशब प्रसाद दाहाललाई सम्मान पत्र र दाेसल्ला सहित सम्मान गरिएको थियाे । सहकारीकाे अभिलेखिकरणकाे काममा सहयाेग गर्ने बिन्दा मगर,अन्जु तामाङ र बिन्दा मगरलाई दाेसल्ला सहित नगद प्रति ब्यक्ति ३,३००/ का दरले प्राेत्साहन गरिएको थियोे । कार्यक्रममा नृत्य गर्ने बालकलाकारलाई मायाकाे चिनाेबाट सम्मानित गरिएको थियो । शुभकामना मन्तब्य बिमला शर्मा,सुजन घिमिरे,ध्रुब कुमार मगर,हरिभगवत श्रेष्ठ,मदन सुवेदीबाट आगामी दिनहरुमा सँस्थालाई मजबुद भई सक्रिय रुपमा अगाडि बढ्न महत्वपुर्ण सल्लाह सुझाब प्रदान गर्नु भयकाे थियाे । सँस्था स्थापना २०७७/५/२५ देखि २०८०/असार मसान्तसम्ममा ३५ लाखकाे काराेबार गरेको र सँस्था १,०७३७१/ नाफा कमाउन सफल भयकाे भनी सँस्थाकाे अध्यक्ष घना माया श्रेष्ठले जानकारी दिनुभयो । उहाले सँस्थाकाे नियम,सहकारी ऐन,२०७४,सहकारी नियमावली,२०७५ मा भएको ब्यबस्था लगायत पुँजी सँरक्षित फिर्ता काेष,शेयर लाभान्स र अन्य सस्थागत गतिविधिकाे बारेमा बाेल्दै कार्यक्रममा सहभागी सम्पूर्ण माहानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रमकाे समापन गर्नुभयो ।








