रामेछाप नगरपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु,

२०८० पुष १२ गते, बिहीबार

स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० पाैष १२ गते देखी सुरु भएको छ । बाग्मती प्रदेशका सांसद तारानारायण श्रेष्ठले प्रतियोगिताको उद्धघाटन गर्नुभएकाे थियो ।

प्रतियोगिताको उद्धघाटन गर्दै सांसद श्रेष्ठले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना बढाउन प्रतियोगिताले धेरै सहयोग गर्ने बताउनुभयो । स्वास्थ्यका लागी पनि खेलकुद निकै महत्वपुर्ण रहेको भन्दै उहाँले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी बाग्मती प्रदेश सभामा आफुले पटक पटक कुरा उठाउँदै आएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएका बागमती प्रदेशका अर्का सांसद आनन्द कुमार श्रेष्ठले खेल मानव जीवनको महत्त्वपूर्ण अङ्ग रहेको भन्दै यसको थप विकासका लागि सबैजना लाग्नुपर्ने बताउनुभयो । जिल्लाका सबै स्थानीय सरकारको लगानी र इच्छा शक्तिले मात्र खेलकुदको विकासमा सुधार आउनसक्ने उहाँले बताउनुभयो । खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफू पनि लागि पर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको बताउनुभयो । यो प्रतियागिताले विद्यार्थीहरुको क्षमता पहिचान गर्न सहयोग पुग्नुभएका साथै उनिहरुको वृद्धि विकासमा पनि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको उहाँको भनाई छ ।

उक्त कार्यक्रमा रामेछाप नगरपालीकाकी उप प्रमुख बाल कुमारी कार्की र नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेले राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता मार्फत खेलकुदको गतिविधीलाई वडा स्तर सम्म विकास गर्न सके खेलकुदको संस्थागत विकासमा सहयोग पुग्ने बताउनुभयो ।

रामेछाप नगरपालिका भरीका १३ वटै माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगिता रामेछाप नगरपालिकाको वडा नं ८ टुँडिखेलमा सन्चालन भईरहेको छ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon