ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

२०८० माघ २२ गते, सोमबार

काठमाण्डाै – ग्लोबल आईएमई बैंकका कार्डवाहक ग्राहकले दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।

आजदेखि तीन महिनासम्म सञ्चालनमा रहने योजनाअन्तर्गत ग्राहकले भिजा, डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएकाे छ । बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत सात सय ५० रुपैयाँसम्म छुट पाउनेछन् ।

ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५६ शाखा कार्यालय, तीन सय ७८ एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा दिँदै आइरहेकाे छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका देशबाट रेमिटान्स भित्र्याउँदै आएकाे छ 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon