नेपालगञ्ज मेडिकल कलेज र लखनउको अपोलो मेडिक्स अस्पतालबीच सहकार्य

२०८० माघ २२ गते, सोमबार

काठमाण्डाै – नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल र भारतको लखनउमा रहेको अपोलो मेडिक्स अस्पतालबीच सहकार्य भएको छ ।

मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र अपोलो मेडिक्स अस्पताल भारतका प्रबन्ध निर्देशक डा. मयङ्क सोमानीबीच शनिवार सहकार्य गरेर सेवा प्रदान गर्ने विषयमा हस्ताक्षर भएको हो ।

सेवामा थप प्रभावकारिता प्रदान गर्न सहकार्य गरेको मेडिकल कलेजले जनाएको छ । साथै विस्तारित सेवामार्फत बिरामीलाई क्यान्सर रोग, आईभीएफ सेवा, मुटु रोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गरिने छ ।

मेडिकल कलेजबाट रेफर हुने बिरामीले विभिन्न सेवा छुट पाउने अपोलो मेडिक्स अस्पतालका सहायक निर्देशक डा. नितेश कनोडियाले बताउनुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon