चितवनमा चालु आर्थिक वर्षकाे अहिलेसम्म ११ वटा गैँडा मरे

२०८० माघ २३ गते, मंगलवार

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षकाे अहिलेसम्ममा ११ वटा गैँडा मृत भेटिएका छन् ।

मृत भेटिएकामध्ये दुई वटा चोर सिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । प्राकृतिक कारणले मर्नेमा दलदलमा फसेर, बिरामी भएर, जुधेर, बाघको आक्रमणमा परेर र बूढो भएर रहेका उहाँले बताउनुभयो ।

पश्चिम चितवनको राप्ती नदी किनारमा हिजो मृत भेटिएको भाले गैँडा बूढो भएर मरेको र त्यो गैँडाको खाग, खुर सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon