सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा

२०८० माघ २५ गते, बिहीबार

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्ने बताउनुभएको छ ।

कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’ को आज उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताउनुभयो । सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरूप लिने दाबी गर्नुभयाे ।

सूचना प्रविधिसम्बन्धी रूपान्तरणकारी आयोजना सञ्चालन गरी देशको अर्थतन्त्र सबल बनाउँदै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले अब श्रमिक नभई सेवा निर्यात गर्ने देशका रूपमा विकास गरिनुपर्ने बताउनुभयो ।

मेलामा एक सय ५० भन्दा बढी कक्ष रहेका छन् । मेलाको झन्डै तीन लाख ५० हजार जनाले अवलोकन गर्ने आयोजकको दाबी छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon