छुट्टा छ्टटै घटनामा परि रामेछापका दुई पुरुषहरुले ज्यान गुमाए छन्
रामेछापमा छुट्टा छ्टटै घटनामा परी दुई पुरुषले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक युवक र एक वृद्ध रहेका छन । मामा घरबाट फर्किँदै गर्दा भीरबाट लडेर जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा एक युवकले ज्यान गुमाएका हुन । ज्यान गुमाउनेमा सोही पालिकाको वडा नं ७ लखनपुरका नेत्रबहादुर घतानीका २२ वर्षीय छोरा विशाल घतानी रहेका छन् ।
उनी मंगलबार दिउँसो ३ बजेको समयमा सोही पालिकाको वडा नं ४ दर्गा स्थित मामाघर गएर फर्किने क्रममा छिरिङ भीरबाट लडेका थिए । उनी अन्दाजी २ सय मिटर तल चौरी खोलाको बगरमा मृत अवस्थामा फेला परेका थिए । यस्तै जिल्लाको मन्थली नगरपालिकामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
मन्थली नगरपालिका–१३ का ७३ वर्षीय सनमान थापा क्षेत्रीको कुटमेरोको रुखबाट लडेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हाे । घर नजिकै रहेको कुटमेरोको रुखबाट घाँस झार्ने क्रममा उनी लडेर गम्भीर घाईते भएका थिए । गम्भीर घाइते भएका थापाको उपचारको क्रममा मंगलबार साँझ उनको मृत्यु भएको रामेछापले जनाएको छ ।







