गाैरी शंकर माध्यमिक विद्यालयले SEE परिक्षामा सहभागी विद्यार्थीहरुलाइ उच्च ग्रेड प्राप्तिको शुभकामना दिदै गर्याे बिदाइ,
आज (शुक्रबार) रामेछाप नगरपालिका भित्र रहेको गौरीशङ्कर माध्यमिक विद्यालयले SEE परिक्षामा सहभागी हुने विद्यार्थी भाइबहिनीहरुलाई उच्च ग्रेड प्राप्तिको निम्ति शुभकामना दिदै बिदाई गरेको हाे । ९ कक्षाका विद्यार्थी भाइबहिनीहरुले कक्षा १०का विद्यार्थी भाइबहिनीहरुलाइ विदाई गर्ने कार्यक्रम राखेका थिए ।
कक्षा ९ मा अध्ययनरत छात्रा अनिसा श्रेष्ठको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा विव्यस अध्यक्ष कमल विक्रम कार्की,क्याम्पस प्रमुख मेघप्रसाद भट्टराई,प्रधानाध्यापक रामप्रसाद पाैडेल,सम्पूर्ण शिक्षकहरु , विव्यस सदस्य ,कक्षा ९ का छात्रछात्रा लगायत कक्षा १० मा अध्ययनरत छात्रछात्राहरुको आन्तरिक परीक्षाको नतिजा प्रकाशन, विश्लेषण र मूल्याङ्कन हुनेभएकोेले सम्पूर्ण अभिभावकहरुकाे पनि सहभागी थियो ।
कार्यक्रमा कक्षा १० बाट नेतृत्व गर्दै एन्जल खड्काले हामीले हाम्रो अभिभावकले साेचेजस्ताे उच्च ग्रेड ल्याउ नसकेको क्षमा चाहान्छाै हामीलाई क्लाेजक्याम राख्न ढिलो भएकोले कारण हामीले भनेजस्तो ग्रेड ल्याउन नसकाे हाे आगामी वर्षदेखि समयमा नै क्लाेजक्याम चलाउन सबै ध्यान जाओस् भन्दै आफ्नो भनाइ राखेकी थिईन्
कार्यक्रममा मेघप्रसाद भट्टराई , प्रधानाध्यापक रामप्रसाद पाैडेल विव्यस अध्यक्ष कमल बिक्रम कार्की लगायतले उच्च ग्रेड प्राप्तिको निम्ति शुभकामना दिनुभएको थियो । परिक्षामा विद्यार्थीहरुले अनुशासन भएर परिक्षा दिनपर्नै र आगामी दिनको क्लाेजक्यामलाई अगाडि देखिनै सुरु गर्ने प्रतिबद्धता दिनुभयो ।
अंग्रेजी माध्यमबाट पढ्ने कक्षा १० का छात्रछात्राहरुले शिक्षकले उनिहरु प्रति दिएको याेगदानलाई कदर गर्दै बिदाइकाे बेला हामीले केही दिन नसके पनि एउटा मायाको चिनाे दिएका छाै भन्दै छात्रछात्राहरुले व्यक्तिगत पैसा उठाएर स्कुललाई एउटा मायाकाे चिनाेसम्मेत दिएका छन् ।








